ताजा समाचार

अत्यधिक रक्तश्रावका कारण सुत्केरी महिलाको मृत्यु

खोटाङ, १२ पुस । खोटाङमा एक सुत्केरी महिलाको ज्यान गएको छ । हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम वुद्धचोक बखुमकी २८ वर्षीय सुत्केरी पद्मा राई मगरको ज्यान गएको हो । दुर्छिम स्वास्थ्य चौकीमा बच्चालाई जन्म दिए पनि अत्यधिक रक्तश्रावका कारण सुत्केरीको ज्यान गएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रामबहादुर केसीले जानकारी दिए ।

सुत्केरी व्यथा लागेपछि आईतबार स्वास्थ्यचौकीमा भर्ना गरिएकी राईको राती १२ः३० बजे ज्यान गएको हो । अधिक रक्तश्रावका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अन्यत्र लैजाने तयारीकै क्रममा सुत्केरीको ज्यान गएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org