ताजा समाचार

शेयरबजारको ओरालो लाग्ने क्रम रोकिएन्, आज नेप्से साढे २१ अंकले घट्यो

काठमाडौं, १२ पुस । नेपाली शेयर बजारको परिसूचक नेप्से लगातार आरोलो लाग्ने क्रम जारी छ । नेप्से बुधबार साढे २१ अंकले घटेको छ । मंगलबार पनि साढे २० अंक भन्दा धेरैले ओरालो लागेको नेप्से बुधबार २१ दशमलव ५३ अंकले घटेर १४ सय २५ दशमलव ५१ विन्दुमा झरेको हो ।

बजार खुलेलगत्तै झरेर १४ सय २२ विन्दुको हाराहारी पुगेको नेप्से फेरि बढेर १४ सय ४३ विन्दु पार गरेको थियो । तर फेरि घट्न थालेको नेप्से बजार बन्द हुँदा १४ सय २५ दशमलव ५१ विन्दुमा आइपुगेको हो । बुधबार सवैभन्दा धेरै बिमा समूहको परिसुचक झण्डै १ सय ३७ अंकले घटेको छ ।

विकास बैंक समुह झण्डै २५, जलविद्युत समूह २४ भन्दा बढी, लघुवित्त समूह झण्डै २४, बैकिङ समूह झण्डै १८ अंकले घटेको दिन बुधबार उत्पादन समूह भने साढे ६ अंकले बढेको छ ।

बजार घटेपनि बुधबार कारोबार रकम भने मंगलबारभन्दा २२ करोडले बढेको छ । ७६ करोड ५७ लाखभन्दा धेरैको शेयर किनबेच भएकोमा बुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर झण्डै ११ करोडको कारोबार भएको छ ।

बुधबार स्ट्याण्डर्ड चार्टर्ड बैकको शेयरपनि १० करोड ७४ लाखभन्दा धेरैको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । बजार घटे पनि बुधबार महुली सामुदायिक लघुबित्त कम्पनीका शेयरधनीले झण्डै १० प्रतिशत नाफा कमाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org