ताजा समाचार

बिजय गच्छदारसँग पराजित भगवती चौधरी पुगिन् सर्वोच्च, पुनःमतगणना गर्नुपर्ने माग

काठमाडौं, १२ पुस । सुनसरी ३ मा पुनःमतगणना गर्नुपर्ने माग गर्दै एमाले नेतृ भगवती चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेकी एमाले उम्मेदवार चौधरीले काँग्रेसका तर्फबाट विजयी भएका विजयकुमार गच्छदार विरुद्ध रिट दायर गरेकी हुन् ।

उनले निर्वाचन आचारसंहिता विपरीत कर्मचारीलाई लतपत्तिएको र बदर मत समेत रुख चिन्ह्मा गणना गर्न लगाएको हुँदा पुनः मतगणना गर्नुपर्ने माग गरेकी छिन् ।

चौधरीले मंसिर २१ गतेको मतगणनाको १९ औं लटमा निर्वाचनको मतगणना क्रममा नौ वटा अर्धकट्टीसहितको मतपत्र पाइएको तर निर्वाचन अधिकृतले सिरियल नम्बर हेर्न समेत नदिएको मुद्दामा उल्लेख गरिएको छ ।

त्यस्तै, पाँच वटा मतदान केन्द्रमा रुख चिह्नमा स्वस्तिक छाप फरक रहेको मतपत्र भेटिएको र त्यसलाई पनि सदर गरिएको तथा सूर्य चिह्नमा लागेको स्वस्तिक छापको घेरा स्पष्ट रहँदा रहँदै बदरमा गणना गरिएको सो मुद्दामा उल्लेख छ । सुनसरी ३ बाट गच्छदार ३८ हजार ९७२ मत प्राप्त गरी विजयी भए भने चौधरीले ३८ हजार ६५१ म्त प्राप्त गरेकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org