ताजा समाचार

एनआईसी एशियाको तीन अर्बको ऋणपत्र बिक्री खुल्ला, बार्षिक ९ प्रतिसत व्याजदर

काठमाडौं, १३ पुस । एनआईसी एशिया बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुल्ला गरेको छ । बैंकले आज बिहिबारबाट प्रतियुनिट एक हजार रुपैयाँ अंकित मुल्य कायम रहेको ३० लाख युनिटको एनआईसी एशिया डिबेन्चर २०८१ र ८२ बिक्री खुल्ला गरेको हो ।

नविल इन्भेष्टमेन्ट क्यापिटल बिक्री प्रर्वन्धक रहेको ऋणपत्रको बिक्री बन्द छिटोमा यही पुुस १७ गते र ढिलोमा पुस २० गते हुनेछ । सर्वसाधारणले न्युुनतम २५ युनिटसम्मको ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन् ।

बिक्री गरिने तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्रको ८० प्रतिशत अर्थात दुुई अर्ब ४० करोड व्यक्तिगत तवरमार्फत २० प्रतिशत ६० करोड रुपैयाँ सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधिमार्फत बिक्री गरिने छ । बार्षिक नौ प्रतिसत व्याजदर तोकिएको ऋणपत्रको खरिदमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी दिईने र परिपक्व हुुने अवधि सात बर्षको रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org