ताजा समाचार

मदिराको मातमा काठमाडौंमा मध्यराति भारतीय नागरिकको हत्या, ५ जना पक्राउ

काठमाडौं, १३ पुस । काठमाडौंका एक होटलमा भारतीय नागरिकको हत्या भएको छ । बुधबार मध्यराति काठमाडौंको गौशालामा रहेको पशुपति भिजनस्थित आमादब्लम होटलमा भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको हो ।

मदिरा सेवन गरेका होटलका कर्मचारी र भारतीय नागरिकबीचको विवाद बढ्दै जाँदा गुरुङको हत्या भएको महानगरीय प्रहरी परिसरका एसएसपी रवीन्द्र धानुकले जानकारी दिए । विवाद बढ्दै जाँदा होटल सञ्चालकहरुले गुरुङलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए ।

गम्भीर घाइते गुरुङको उपचारको क्रममा सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान ज्यान गएको हो । घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org