ताजा समाचार

श्रीमतीले रक्सी खाएर घर आएका श्रीमानका ४ औंला पोलेर खाइन्

दाङ, १३ पुस । तुलसीपुरमा एक महिलाले आफ्नै श्रीमानका औंला काटेर पोलेर खाएकी छन् । तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ भम्के छोटे बस्ने ६४ वर्षीया रिसमी महतराले आफ्नै श्रीमानका औंला काटेर पोलेर खाएकी हुन् । प्रहरीले उनलाई पक्राउ गरेको छ ।

उनले गएराति आठ बजेतिर श्रीमान चन्द्रबहादुरको दायाँ हातका चार वटा औंला काटेर पोलेर खाएको उजुरी परेपछि पक्रेको तुलसीपुर प्रहरीले जनाएको छ । चन्द्रबहादुरलाई बिहीबार बिहान उपचारका लागि तुलसीपुर ल्याएपछि घटना सार्वजनिक भएको हो । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार हुन नसकेपछि थप उपचारको लागि चन्द्रबहादुरलाई नेपालगञ्जतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

बुधबार राती मदिरा सेवन गरी घर आएका श्रीमानलाई समातेर उनले घरेलु हतियारले औंला काटिदिएकी थिइन् । आवेगमा आएर औंला काटिदिएको र पोलेर खाएको वयान उनले प्रहरीलाई दिएकी छन् । रिसमी चन्द्रबहादुरकी जेठी श्रीमती हुन् । चन्द्रबहादुरले ६ वटी श्रीमती बिहे गरेको तर जेठी श्रीमतीसँग बस्दै आएको स्थानीय बताउँछन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org