ताजा समाचार

पार्टी पराजयको समिक्षा गर्न कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार

काठमाडौं, १३ पुस । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार देखि बस्ने भएको छ । निर्वाचन परिणाम र वर्तमान राजनीतिक गतिरोधबारे छलफल गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय समितिको बैठक डाकेका हुन् ।

बैठक शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, महामन्त्री शशांक कोइरालालगायत पदाधिकारीको भेटपछि बैठकको मिति तय भएको हो। बैठकमा निर्वाचनको समीक्षा र राष्ट्रियसभा अध्यादेशबारे छलफल हुने भएको छ। निर्वाचनमा कांग्रेसले पराजय भोगेपछि कतिपय नेताले विशेष महाधिवेशनको मागसमेत गरेका थिए।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org