ताजा समाचार

यसरी तयार भयो एमाले माओवादी पार्टी एकताको मोडालिटी, ओली र प्रचण्डले पाए यस्तो जिम्मेवारी

काठमाडौं, १३ पुस । पार्टी एकता र नयाँ सरकारका विषयमा छलफल गर्न वाम एकता संयोजन समितिको बैठक बस्दैछ । हिजो दुई दलका अध्यक्षबीच भएको छलफलका आधारमा आज बैठक बस्न लागेको हो । एमाले र माओवादी केन्द्रले पार्टी एकताको संगठनात्मक र वैचारिक राजनीतिक मोडालिडीको विषयमा छलफल हुनेछ ।

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो ओलीनिवास बालकोटमा छलफल भएको थियो । आज बस्ने एकता संयोजन समिति बैठकमा पार्टी एकताको मोडालिटीका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । साथै बैठकमा नयाँ सरकार गठनका विषयमा पनि छलफल हुनेछ । बैठक आज बस्ने बताईएपनि समय र स्थान भने निश्चित भईसकेको छैन् ।

दुईदलबीच पार्टी एकता, त्यसपछिको नेतृत्व व्यवस्थापन र सरकारको विषयमा भने मिश्रित खाकामा छलफल चलेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । दोस्रो तहका नेताबीच पनि पार्टी एकताको सैद्धान्तिक राजनीतिक आधारमा केन्द्रित छलफल भइरहेको छ । पार्टी एकता गर्नुअघि नेताहरूको पदीय व्यवस्थापन सरकारमा भागबन्डालगायतका विषय टुंग्याउन बाँकी छ ।

ओलीलाई नै प्रधानमन्त्री बनाउन माओवादी सहमत छ । तर, पार्टी एकतापछि सरकार र पार्टीको नेतृत्व अलग–अलग व्यक्तिले गर्ने वा के गर्ने विषयमा भन्ने नेताहरू निष्कर्षमा पुगेका छैनन्। राष्ट्रपति, पार्टी अध्यक्ष सभामुख, मन्त्रालयको भागबन्डालगायत विषय नेताहरूले टुंगाउन बाँकी छ ।

पार्टीमा दुवै प्रमुखको हैसियतमा रहने गरी एकता गर्ने मोडालिटी तयार भईरहेको छ । ओलीले सरकारको नेतृत्व गर्दा दुवै अध्यक्ष रहने तर प्रचण्डले एकीकृत पार्टीको कार्यकारी भूमिका निर्वह गर्ने गरी व्यवस्थापन गरिन् लागेको एक नेताले जानकारी दिए । तल्लो तहमा भने जनमतका आधारा एकता गर्ने गरी खाँका तयार भईरहेको छ । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले पाएको जनमतको आधारमा दुई पार्टीबीच एकता गर्नेगरी तयारी भईरहेको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org