ताजा समाचार

गम्भीर रोग लागेका विरामीलाई मासिक ५ हजार भत्ता दिने सरकारको निर्णय

काठमाडौं, १३ पुस । सरकारले मिर्गौला, क्यान्सर र र स्पाइनल कर्ड इन्जुरीका विरामीलाई मासिक पाँच हजार जीविकोपार्जन भत्ता दिने निर्णय गरेको छ ।मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले दुवै मिर्गौला फेल भएका, क्यान्सर रोग लागेका र स्पाइनल कर्ड इन्जुरी भई प्यारालाईसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको लागि विश्व बैंकले दिने ६ अर्ब २१ करोड ऋण सहायता लिने स्विकृति गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यस्तै कोरिया सरकारको काठमाडौं विश्व विद्यालयको अनुसन्धान तथा तालिम विकास केन्द्र स्थापनाका लागि उपलब्ध गराउने करिव १ अर्ब ४ करोड अनुदान सहायता पनि स्विकृत गरेको छ ।

त्यस्तै स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरीलाई नियुक्त गरेको छ । मन्त्रालयकी प्रमुख विशेषज्ञ रहेकी चौधरीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । स्वास्थ्य सचिवका लागि चौधरीसँगै प्रमुख विशेषज्ञद्धय डा. विनोदमान श्रेष्ठ तथा डा. सुशीलनाथ प्याकुरेल पनि दाबेदार थिए । चौधरी स्वास्थ्य सचिव बनेकी हुन् । डा. चौधरी स्वास्थ्य सचिव भएसँगै स्वास्थ्य मन्त्रालयमा विगत तीन सातादेखि रिक्त रहेको स्वास्थ्य सचिव पदपूर्ति भएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org