ताजा समाचार

ओलीलाई गलाउनमा प्रचण्डको हात, देउवालाई जिताउनमा राष्ट्रपतिको साथ !

काठमाडौं, १४ पुस । ‘बरु प्रधानमन्त्री नबनुला तर अध्यादेश त मरिगए पास हुन दिन्न’ केही दिन अगाडि एमाले अध्यक्ष केपी ओलीले यो भनाई राखेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको पाँच दलको बैठकमा कांग्रेस नेता विमलेन्द्र निधिसँग यस्तो तर्क गरेका थिए ।

निधिले सरकार प्रमाणिकरणको लागि राष्ट्रपति समक्ष पठाएको एकल संक्रमणीय निर्वाचन प्रणालीद्धारा राष्ट्रियसभा गठनको अध्यादेशमा सहमति जनाउन प्रस्ताव गरेका थिए । तर ओलीको त्यसको ठाडो जवाफ दिएका थिए । उनले यो भनाई राखेको ठिक एक सातामा राष्ट्रपति विद्यादेवी भण्डारी त्यही नै प्रस्ताव प्रमाणिकरण गरेकी छन् ।

दुई महिनादेखि राष्ट्रपति समक्ष अड्किएको राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेश अन्ततः पास भएको हो । कांग्रेस नेतृत्वको सरकारले एकल संक्रमणीय निर्वाचन प्रणालीद्धारा राष्ट्रियसभा गठनको प्रताव राष्ट्रपति पेस गरको थियो । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनबाट पहिलो दल बनेको एमालेले भने बहुमतीय प्रक्रियाबाट राष्ट्रियसभा गठन हुनुपर्ने अडान राख्दै आएको थियो ।

दुई दलको आ–आफ्नै अडानको चपेटामा राष्ट्रपति विद्यादेवी परेकी थिइन् । तर, अब भण्डारीले लामो समय अड्किएको अध्यादेश जारी गरेकी हुन् । यसविचमा नेताहरुबीच पटक पटक छलफल तथा भेटवार्ता समेत भए । तर एमालेले आफ्नो अडानबाट एक ईन्चपनि पटि हटेन् । बरु आफ्नो अडानमा दृढ रह्यो । बीचमा रहेको माओवादी केन्द्रले कांग्रेसलाई पाँखा लगाएर अगाडि बढ्न नसकिने बताएपछि एमालेले आफ्नो अडानबाट पछि हट्ने संकेत दिएको थियो । फलस्वरुप पछाडि हट्यो र अध्यादेश प्रमाणिकरण भयो ।

देउवाको जीत, ओलीको हारः
अध्यादेशलाई दुई ठूला दल एमाले र कांग्रेसले प्रतिष्ठाको विषय बनाएका थिए । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा कुनै पनि हालतमा अध्यादेश जारी गर्ने र एमाले अध्यक्ष ओली अध्यादेश जारी गर्न नदिने पक्षमा थिए । माओवादी अध्यक्ष प्रचण्ड भने कसरी हुन्छ दुई पार्टीबीचको असहमतिको गाँठो फुकाएर देशलाई निकाश दिनुपर्ने लाइनमा उभिएका थिए ।

राष्ट्रपतिले बिहिबार प्रचण्डसँगको भेटपछि अध्यादेश जारी गर्ने निर्णय लिइन् । त्यसले सबैभन्दा ठूलो झड्का एमालेलाई लाग्यो । केही सिटको लोभमा एमालेले एकल संक्रमणीय निर्वाचन प्रणालीलाई ठाडै अस्वीकार गरिरहेको थियो । देउवा पनि कांग्रेसको राष्ट्रिय सभामा प्रतिनिधित्व बढ्ने देखेपछि एमालेले भनेजस्तो बहुमतीय प्रणालीको विपक्षमा थिए । तर, तनाब भने ओलीलाई थियो ।

निर्वाचन सम्पन्न भई परिणामसमेत आइसकेको अवस्थामा अध्यादेश पारित नभएसम्म देउवा सरकार छाड्नेवाला थिएनन् । यसैबीच राष्ट्रपति अध्यादेश स्वीकृत गर्ने पक्षमा पुगेको सन्देश बिहीबार एमाले बैठकमा पुग्यो । तर, सहमतिमा आएजस्तो देखाउन उसले हतारहतार अध्यादेशको विषयमा लचकता अपनाउने निर्णय गर्यो । अर्थात, हठ्ठी स्वभावका ओली अन्ततः गले ।

एमाले कांग्रेसबीच प्रतिष्ठाको विषय बन्दा देश अनिर्णयको बन्दीः
एमाले र कांग्रेसको आ आफ्नै अडानका कारण राष्ट्रिय सभा सदस्य निर्वाचन अन्यौलमा थियो । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको झण्डै एक महिना हुनैलाग्दा पनि दुई दलले आ आफ्नो प्रतिष्ठाको लडाईबाट पछि नहटेपछि समग्र देश पछि परेको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org