ताजा समाचार

नगरपालिकाको गजवको निर्देशन, ‘वडा कार्यालयमा कुकुर दर्ता गर्नु’

जुम्ला, १४ पुस । जथाभावी छाडा कुकुरले नगरपालिकामा हैरान गरेपछि चन्दननाथ नगरपालिकाले कुकुर दर्ता गराउन नगरवासीलाई आग्रह गरेको छ । चन्दननाथ नगरपालिकाले नगर क्षेत्रमा छाडा छोडिएका कुकुरले मानिसलाई टोकी घाईते बनाउने तथा पशुपंक्षीलाई टोकी मार्ने क्रम बढ्दै गएको र रेबिज फैलने भएकाले पाल्तु कुकुरलाई व्यवस्थित गरी नियन्त्रण गर्न यस्तो निर्देशनसहितको सूचना जारी गरेको हो ।

नगरपालिकाले १५ दिनभित्र आफ्नो वडापालिकामा आफ्नो कुकुर दर्ता गरिसक्न कुकुर धनीहरुलाई निर्देशन दिएको छ । वडापालिकामा कुकुर दर्ता गराउन ५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने जानकारी स्थानीय पत्रपत्रिकाकोे सूचनामार्फत जानकारी दिएको छ ।

सूचनामा पुस २० गते सम्मको मितिसम्म सम्बन्धित वडा कार्यालयहरुमा कुकुरहरुसमेत दर्ता गराई सक्नुपर्नेछ । अन्यथा दोब्बर दस्तुर लाग्ने र नगरपालिकाको कुनैपनि सिफारिसबाट बञ्चित गराईनेसमेत निर्देशन जारी गरेको हो ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org