ताजा समाचार

गृहमन्त्रीको जिम्मेवारी पाए ६ महिनामै ५० प्रतिशत अपराध घटाउँछुः लालबाबु पण्डित

भक्तपुर, १४ पुस । एमाले नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले गृह मन्त्रालयको जिम्मेवारी आफूले पाए ६ महिनाभित्र अहिले भईरहेकोमध्ये ५० प्रतिशत अपराध न्यूनीकरण गर्ने दावी गरेका छन् ।

भक्तपुरमा गरिएको कार्यक्रममा नेता पण्डितले राजनीति र अपराधको साँठगाँठबाट हुने अपराध न्यून गर्ने उपाय आफूसँग भएको जिकिर गरे ।

राजनीति र अपराधलाई छुट्याउन जरुरी रहेको भन्दै उनले राजनीतिक आवरणमा हुने अपराधलाई दण्ड गर्न आवश्यक भएको बताए । हरेक मन्त्रीले पाएको जिम्मेवारी इमान्दारीका साथ निर्वाह गरे देशले दश बर्षमै विकासमा फड्को मार्ने उनको भनाइ थियो ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org