ताजा समाचार

एउटा बैंक छाडेका सिइओले अर्कोमा जागिर खान ६ महिना पर्खनुपर्ने, अनिल शाह प्रभावित

काठमाडौं, १४ पुस । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि नयाँ नियम लागू गरेको छ । राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत अर्थात सिइओ र सञ्चालकले एउटा बैंक छाडेको ६ महिनासम्म अर्को बैंकमा काम गर्न नपाउनेगरी नयाँ व्यवस्था गरेको हो ।

कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट जुनसुकै कारणबाट निवृत भए पनि कम्तीमा छ महिना अर्को बैंक तथा वित्तीय संस्थामा काम गर्न पाइने छैन । पछिल्लो समय बैंकका प्रमुख कार्यकारी अधिकृत र सञ्चालकले छिटोछिटो संस्था परिवर्तन गर्न थालेपछि राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको हो ।

स्वतन्त्र सञ्चालकको हकमा भने यो व्यवस्था लागू नहुने नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए । यो व्यवस्था वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा लागू भएको छ । यसअघि मेगा बैंकको सिइओ छाडेर नबिल बैंक जान लागेका अनिलकेशरी शाह पनि नयाँ नियमबाट प्रभावित हुने भएका छन् ।

शाह सुरुमा मेगा छाडेर सेञ्चुरी बैंक जाने तय भए पनि पछि उनले नबिलसँग सम्झौता गरेका थिए । त्यस्तै नबिल बैंक छाडेर बसेका शशिन जोशी पनि नयाँ बैंकमा अनुबन्ध हुन ६ महिना कुर्नुपर्नेछ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org