ताजा समाचार

श्रीमती आरजू देखि रामचन्द्र पौडेलसम्मलाई राष्ट्रिय सभामा लैजाने देउवाको तयारी

काठमाडौं, १६ पुस । नेपाली कांग्रेसभित्र प्रदेश र प्रतिनिधि सभामा नराम्रोसँग पराजित भएका नेताहरूलाई राष्ट्रिय सभामा ल्याउन लविङ सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले चुनाव हारेका प्रभावशाली तथा शीर्ष नेताहरूलाई राष्ट्रियसभामा ल्याउनको लागि गृहकार्य सुरु गरेका हुन् ।

पार्टी सभापति नै पराजित भएका नेताहरुलाई राष्ट्रियसभामा ल्याउन सक्रिय भएपछि केही नेताहरूले असन्तुष्टि नै पोख्न थालेका छन् । चुनाव हारेका नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, रमेश लेखक, एन.पी. साउद, डा. शेखर कोइराला, चन्द्र भण्डारी, डा. प्रकाशशरण महत, डा. आरजु राणा देउवा, विश्वप्रकाश शर्मा, विमलेन्द्र निधि, महेन्द्र यादव, रामकृष्ण यादव, फर्मुल्ला मन्सुर र दीपकुमार उपाध्यायलाई राष्ट्रिय सभामा लैजानेबारे लविङ भएको छ ।

कांग्रेसका नेता डा. शेखर कोइरालाले हारेका नेताहरूलाई राष्ट्रिय सभामा लैजाने विषयको खुलेरै विरोध गरेका छन् । डा. कोइरालाले चुनाव हारेकाहरूलाई यसरी राष्ट्रिय सभामा लैजाने तयारी गर्नु नै गलत भएको टिप्पणी गरेका छन् ।

उनले यसको विरोध गरेपछि उनलाई नै राष्ट्रिय सभामा लैजाने तयारी गरेपछि उनको पनि मुख बन्द भएको एक नेताले बताए । उनका अनुसार पार्टी सभापति देउवाले आफ्नो क्षेत्रका रमेश लेखक, एनपी साउव, आफ्नै पत्नी आरजू राणालाई पहिलो प्राथमिकतामा राखेका छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org