ताजा समाचार

एमाले किन जाँदै छ ? माओवादी नेताहरुलाई लगेर निर्वाचन आयोग

काठमाडौं, १७ पुस । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु संयुक्त रुपमा निर्वाचन आयोग जाने भएका छन् ।प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट सार्वजनिक नभएको विषयलाई लिएर आयोग पदाधिकारी र एमाले नेताहरुबीच जुहारी चलिरहेका बेला दुवै पार्टीका नेताहरु संयुक्त रुपमा आयोग जान लागेका हुन् ।

पूर्वसभामुख सुवास नेम्वाङसहित दुई दलका नेताहरु दिउँसो ३ बजे आयोग पुग्ने कार्यक्रम छ । आयोग पदाधिकारीलाई कसैको दबाबमा नपर्न र समानुपातिकको परिणाम सार्वजनिक गर्न आग्रह गरिने एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

आयोगले राष्ट्रियसभा गठन नभएसम्म समानुपातिकको परीणाम सार्वजनिक गर्न नसकिने बताएको छ । तर, एमाले नेताहरुले भने आयोगमाथि शंका गर्न लागेको बताएका छन् ।

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org