ताजा समाचार

पत्र काटिएका ३४ मध्ये अझै २७ कम्पनी नेप्सेको सम्पर्कमा आएनन्

काठमाडौं, १७ पुस । कारोबार रोकिएका ३४ कम्पनीमध्ये नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सात वटा कम्पनी मात्रै सम्पर्कमा आएका छन्। नेप्सेले कारोबार रोकिएका ३४ कम्पनीलार्इ पत्र काटेको थियो।

पत्र काटिएका ३४ कम्पनी मध्ये २७ कम्पनी अझै सम्पर्कमा नआएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । सम्पर्कमा नआएको कम्पनीबारे उच्च व्यवस्थापनमा छलफल गरेर उपयुक्त कदम चालिने उनले बताए । मेगा बैंक, विशाल बजार कम्पनी, सिनर्जी फाइनान्स, राष्ट्रिय बीमा कम्पनी, ललितपुर फाइनान्स कम्पनी, वर्ल्ड मर्चेन्ट बैंक एण्ड फाइनान्स र नेपाल फाइनान्सले नेप्सेमा जवाफ पठाएका छन्।

मेघाले टुरिज्जम बैंक एक्वायरको निर्णय साधारणसभाबाट पारित भएको जनाउँदै छिट्टै कारोबार खुल्ने जानकारी दिएको छ। प्राप्ति गर्ने निर्णय गरिसकेकोले दोस्रो बजारमा चाँडै कारोबार खुल्ने जानकारी नेप्सेलाई गराएको छ। विशाल बजारले चाँडै साधारण सभा गर्ने जानकारी नेप्सेलाई दिएको छ।

नेप्सेले लामो समय देखि कारोबार रोकिएका र नबिकरण नभएका कम्पनीको सुचना अध्यावधिक गर्न ३४ कम्पनीलाई पत्र काटेको थियो। कम्पनीको प्रकृति हेरेर केही कम्पनीलाई २१ दिन र केहीलाई १५ दिन भित्र सम्पर्कमा आउन नेप्सेले पत्र काटेको थियो। नेप्सेले लामो समय देखि कारोबार रोकिएका र नविकरण नभएका ५२ कम्पनीको सूचीकरण खारेज गरिसकेको छ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org