ताजा समाचार

किन गरियो सार्वजनिक सवारी साधनमा सादा पोशाकमा प्रहरी परिचालन ?

काठमाडौं, १७ पुस । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ । यौनजन्य हिंसा निरुत्साहित गर्न काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक गाडीमा सोमबारदेखि सादा पोशाकमा प्रहरी परिचालन गरिएको हो ।

सेफ्टी पिन क्याम्पेन अन्तर्गत स्टिङ अपरेसनको रुपमा २० वटा टोलीमा सादा पोशाक प्रहरी सार्वजनिक गाडीमा परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ ।

भक्तपुर, ललितपुर र काठमाडौँमा चल्ने गाडीमा बिहान ९ देखि १२ बजेसम्म र दिउँसो ३ देखि ६ वजेसम्म प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजीपी जयबहादुर चन्दले जानकारी दिए ।

यसका साथै महिला तथा बालबालिकामाथि यौनजन्य हिंसा भएको देखेमा प्रहरीको हटलाइन नम्बर १०० र ९८५१२८९१११ मा जानकारी गराइदिन समेत अनुरोध गरिएको छ । प्रहरीले विगतमा पनि सेफ्टी पिन क्याम्पेन सञ्चालन गरेको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org