ताजा समाचार

नयाँ वर्षको पहिलो दिन नेप्सेको शुभ संकेत, ४५ अंकले बढ्यो

काठमाडौं, १७ पुस । लामो समयदेखि न्युन विन्दुमा पुगेको नेप्से परिसूचकले सोमवार एकै दिन ४४.५ अंकले बृद्धि भएको छ । जसले गर्दा निराश भएका सेयरधनीहरु फेरी उत्साहित भएका छन् । सन् २०१८ को पहिलो दिन नेप्सेमा हरियाली छाएको हो । सोमबार नेप्से १४३४.८० विन्दुमा अडेको छ ।

नेप्सेका अनुसार आज १ सय ६३ कम्पनीका ११ लाख ३२ कित्ता सेयर खरिद विक्री भएका छन् । ४९ करोड ४३ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ । बैंकिङ समूह ४२.५२, ट्रेडिङ समूह २.८७, होटल समूह १११.५७, विकास बैंक समूह ४५, जलविद्युत समूह ५९.८, वित्तिय समूह १३.२६, बीमा समूह २७०.८, उत्पादन मूलक समूह २५.३२ र माइक्रोफाइनान्स ६९.४७ अंकले बढेका छन् ।अन्य समूह भने ०.८७ अंकले घटेको छ ।

राष्ट्रिय बीमा कम्पनी प्रमोटर सेयर, राष्ट्रिय बीमा कम्पनी र वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका लागनीकर्ताले ८ प्रतिशत भन्दा धेरैले कमाएका छन् । पुर्णिमा विकास बैंकका लगानीकर्ताले ३.०८ प्रतिशतले गुमाएका छन् ।

आइतवार फोरमले बैंकरहरुसँग गरेको भेटघाट, बैंकहरुबाट ब्याजदर १२ प्रतिशतभन्दा धेरै नबनाउने सहमतीले पनि बजारलाई आधारभुत पक्षबाट भरथेग गरेको छ । सोमवार ११ वाणिज्य बैंकले नयाँ व्याजदर सार्वजनिक गरेका छन् । यसमध्ये ४ वटाले यसअघि प्रस्ताव गरेको अधिकत्तम व्याजदरलाई संशोधन गरेर केही घटाएका छन् । यद्यपी औसतमा भने व्याजदर लगभग १०.५० प्रतिशत हाराहारीमा रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org