ताजा समाचार

अयोधीलाई थर्काउन देउवाका उप प्रधानमन्त्री नै निर्वाचन आयोग पुगेपछि…

काठमाडौं, १७ पुस । नयाँ सरकार गठनका लागि राष्ट्रियसभा आवश्यक हुने कि नहुने विषयमा छलफल गर्न नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु निर्वाचन आयोग पुगेका छन् । राष्ट्रियसभा गठनअघि प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट संख्या तोक्न मिल्नेरनमिल्ने विवादकाबीच वाम गठबन्धनका नेताहरु आयोग पुगेका हुन् ।

वाम गठबन्धनले प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट संख्या तोक्न आयोगको ध्यानाकर्षण गराएको छ। नेकपा एमालेका उपाध्यक्ष भीम रावल, संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङसहित अग्नि खरेल, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र पाण्डे लगायतका नेता निर्वाचन आयोगमा पुगेका हुन्। यस्तै माओवादी केन्द्रका तर्फबाट बिना विभागीयमन्त्री कृष्णबहादुर महरासहित वर्षमान पुन, रामनारायाण बिडारी लगायतका नेता निर्वाचन आयोग पुगेका छन्।

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसद सिफारिस गर्न र नयाँ सरकार गठन गर्न नमिल्ने तर्क गर्दै आएको छ। निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको तत्काल मिति तोकिए पनि १ महिनाको समय लाग्ने बताउँदै आएको छ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले पनि सरकार छोड्नका लागि संसद पूर्ण हुनुपर्ने बताउँदै आएको छ। संविधानमा प्रतिनिधिसभा र राष्ट्रिय सभालाई संघीय संसद भनिएको छ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org