ताजा समाचार

प्रभु बैंकको ४० प्रतिशत हकप्रद निष्कासन, कसले आवेदन दिन पाउने ?

काठमाडौं, १८ पुस । प्रभु बैंकले ४० प्रतिशत हकप्रद निष्कासन गरेको छ । बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मुल्यका दरले २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

बैंकले जारी गर्ने हकप्रदमा माघ ७ गतेदेखि फागुन १३ गतेसम्म आवेदन दिन सकिन्छ । पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले हकप्रदमा आवेदन दिन सक्नेछन् ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा प्रभु बैंकका सम्पूर्ण शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल बैंकको चुक्तापूँजी ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ छ । हकप्रद पश्चात बैंकको चुक्तापूँजी ८ अर्ब २३ करोड ३९ लाख पुग्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org