ताजा समाचार

देउवाको बोलीकै कारण कांग्रेस पराजित भएको गगन थापाको आरोप

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रभावशाली युवा नेता गगन थापाले निर्वाचनमा कांग्रेसले व्यहोरेको हारको जिम्मेवारी लिनबाट नेतृत्व पछि हट्न नहुने बताएका छन् । नेतृत्वको दादागिरिका कारण जनताले कांग्रेसलाई पाठ सिकाएको बताउँदै हारको जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।

कान्तिपुर टेलिभिजनको फायर साइडमा कुराकानी गर्दै थापाले पार्टीको सांगठनिक संरचनालाई छलेर निर्णय गर्ने तथा भ्रातृ संस्थालाई कमजोर बनाउने खेल नै हारको कारण भएको बताए ।

निर्वाचनको हारका बारेमा सभापति देउवाले चुनाव हार्नेहरुले नेतृत्वलाई गाली गरेको भन्दै अनुशासनहीलाई कारवाही गर्ने चेतावनी दिएको सन्दर्भमा थापाले नेतृत्वको अभिव्यक्ति गम्भीर रहेको बताए । उनले निरंकुश व्यवहार र बोली नेतृत्वले प्रस्तुत गर्न आवश्यक नरहेको बताए ।

पार्टी रुपान्तपरण आवश्यक भएपनि नेतृत्वले तत्काल बाटो खाली गर्नुपर्ने अवस्था नरहेको उनले बताए । सभापति शेरबहादुर देउवाप्रति ईंगित गर्दै थापाले निर्वाचनमा हार व्यहोरेकै कारण नेतृत्व छोड भनेर भन्ने अवस्था नरहेको बताए ।

‘तपाईहरुका कारण चुनाव हारियो अब छाड्नुस भनेर युवाले माग्ने होइन । पार्टीका लागि नेतृत्वले गरेको योगदानको सम्मान गर्दै अबको पुस्तालाई हस्तान्तरण गर्न उत्प्रेरित गर्नुपर्छ । ’, थापाले भने ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org