ताजा समाचार

त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियु र प्रहरीबीच झडप, दर्जर्नौ विद्यार्थी घाइते

काठमाडौं, १८ पुस । त्रिचन्द्र क्याम्पस अगाडि नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच झडप भएको छ । निर्वाचन आयोग, सरकार र इन्धनमा गरिएको मूल्यबृद्धिबिरुद्ध आन्दोलनमा उत्रिएको अनेरास्ववियु र र प्रहरीबीच झडप भएको हो ।

सडक कब्जा गरी नाराबाजी गरिरहेका आन्दोलनकारी बिद्यार्थीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला लगायत दर्जनौं बिद्यार्थी नेता कार्यकर्ता घाइते भएको अखिलका सचिव आरसी लामिछानेले जानकारी दिए ।

आक्रोशित बिद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र इन्धनमा गरिएको मूल्यबृद्धि बिरुद्ध चर्का नारा लगाइरहेका छन् । सरकारले हिजोमात्र पेट्रोलियन पदार्थ र खाना पकाउने ग्यासमा मूल्यबृद्धि गर्ने निर्णय गरेको थियो ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org