ताजा समाचार

प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक व्यक्ति हुनुपर्ने माओवादी निर्णय, एमालेले नमाने के गर्ने ?

काठमाडौं, १८ पुस । माओवादी केन्द्रले सरकार र पार्टीको नेतृत्व फरक फरक व्यक्तिले गर्नुपर्ने निष्कर्ष निकालेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय कार्यालयको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो।

बैठक सकिएलगत्तै पार्टी नेता देबेन्द्र पौडेलले भने, ‘पार्टी एकताको विषय धेरै लम्ब्याउनु हुँदैन, पार्टी र सरकारको नेतृत्वमा एउटै ब्यक्ति भएर हुदैन भन्ने निर्णय बैठकले गरेको छ। भोलि पार्टी एकताका बिषयमा अध्यक्षको केपी ओलीसङ्ग छलफल हुनेछ।’

बैठकले प्रतिनिधि सभा तथा प्रदेश सभामा भएको अन्तरघातको छानविनका लागि पार्टी नेता अमिक शेरचनको संयोजकत्वमा कार्यदल गठन गरेको छ भने पार्टीलाई साङ्गठनिक रुपमा ब्यबस्थित गर्न रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा कार्यदलसमेत गठन भएको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org