ताजा समाचार

कृषि विकास बैंकले शेयरधनीलाई २० प्रतिशत बोनस शेयर दिने

काठमाडौं, १८ पुस । कृषि विकास बैंकले शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई गत वर्षको नाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

अब शेयरधनीले २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १ दशमलव ०५३ प्रतिशत नगद लाभांश पाउनेछन् । बैंकले नेपाल सरकारको अग्राधिकार शेयर पूँजीमा वार्षिक ६ प्रतिशतले नगद लभांश दिने निर्णय गरेको छ । २० प्रतिशत बोनस वितरण गरेपछि कृषि विकास बैंकको चुक्ता पूँजी ८ अर्ब ५० करोड ५२ लाख रुपैयाँ पुग्नेछ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org