ताजा समाचार

ओली बिरामी परेका बेला बालुवाटार पुगेका प्रचण्ड र देउवाबीच भयो यस्तो सहमति

काठमाडौं, १८ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नयाँ सरकार गठन, प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा छलफल भएको एक नेताले बताए ।

भेटमा प्रचण्डले देउवालाई दलहरुबीच सहमति गरेर मात्र प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न आग्रह गरेका थिए । प्रचण्डले आफू राजनीतिक सहमतिका आधार अघि बढ्न तयार रहेको र सरकारलाई पनि त्यही अनुसार व्यवहार गर्न आग्रह गरे ।

प्रचण्डले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको प्रचण्डका प्रेस  संयोजक मनहरी तिमिल्सिनाले जानकारी दिए । भेटमा अध्यक्ष प्रचण्डले सरकार र निर्वाचन आयोगले बिलम्व गर्दा नयाँ सरकार गठनमा ढिलाई भएको भन्दै छिटोभन्दा छिटो राष्ट्रिय सभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिएका थिए ।

भेटमा प्रधानमन्त्री देउवाले छिट्टै राष्ट्रिय सभाको निर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श गर्न लागेको जानकारी दिँदै आफू राजनीतिक सहमतिकै आधारमा अघि बढ्ने जानकारी गराएका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org