प्रहरी हेडक्वार्टरद्धारा पूर्व डिआइजी नवराल सिलवाल विरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं, १८ पुस । प्रहरीले पूर्वडिआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आइजिपी बढुवा सम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्यांकन किर्ते आरोपमा अनुसन्धान गर्न काठमाडौं प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेको महानगरी प्रहरी आयुक्त एआइजी जयबहादुर चन्दले जानकारी दिए ।
आइजिपी बढुवा सम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्यांकन किर्ते गरेको सर्वोच्च अदालतको फैसलाका आधारमा प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो। उनले पेश गरेको कार्यसम्पादन मूल्यांकन सम्बन्धी कागज किर्ते गरेको पुष्टि भएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरीले ललितपुर प्रहरीलाई पत्राचार गरिसकेको एआइजी चन्दले जानकारी दिए । पक्राउ पुर्जी जारी गरेको सूचना पाएपछि सिलवालले मंगलबार बिहानै उपत्यका छाडिसकेका छन्। सिलवाल विरुद्ध गत पुस ५ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा किर्ते मुद्दाको जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता भएसँगै सिलवाल फरार अभियुक्त भएका थिए।
डिआइजीको कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको भन्दै किर्ते गर्नेहरुलाई कारबाहीको आदेश दिएको सर्वोच्चको फैसलाको पूर्णपाठसहितको पत्र गएपछि सिलवाल विरुद्ध जाहेरी दर्ता भएको थियो। सिलवाल विरुद्धको किर्ते मुद्दाको सम्बन्धमा पुस ३ गते सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा, महान्यायाधिवक्ता बसन्तराज भण्डारी र प्रहरी महानिरीक्षक प्रकाश अर्यालबीच छलफल भएको थियो। छलफलपछि पुस ५ मा जाहेरी दर्ता भएको थियो।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...