ताजा समाचार

दीपायललाई प्रदेश राजधानी तोक्न माग गर्दै डोटीमा आन्दोलन चर्कियो

डोटी, १९ पुस । दीपायललाई प्रदेश ७ को राजधानी तोक्न माग गर्दै अनिश्चितकालीन डोटी बन्द आह्वान गरिएको छ । अस्थायी मुकाम धनगढी बनाउने प्रस्ताव सरकारले गरेसँगै डोटीबासीले अनिश्चितकालीन बन्द आह्वान गरेका हुन् ।

सरकारले अस्थायी प्रदेश राजधानी औपचारिक रुपमा नतोके पनि यसको प्रस्ताव मंगलबार गरेको थियो। सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानी तोक्ने छ । बुधबार बिहान बसेको प्रदेश नम्बर ७ को राजधानी दिपायल संघर्ष समिति बैठकले अनिश्चितकालीन जिल्ला बन्द गर्ने निर्णय गरेको हो ।

बन्द आह्वान गरेसँगै दिपायल, पिपल्लालगायतका मुख्य बजारहरु बिहानैदेखि बन्द भएका छन । बन्दका कारण सरकारी कार्यालय, बजार, गैरसरकारी संस्था, शिक्षण संस्थाहरु समेत प्रभावित भएका छन् । एम्वुलेन्स, दमकल, प्रेस, शव वहान, निलो प्लेटका अत्यावश्कीय सवारी साधन चल्न दिने निर्णय भएकाले निर्वाध चलिरहेका छन् ।

पहाडको अधिकार खोस्ने गरी प्रदेश ७ को अस्थायी मुकाम तोक्न लागिएकाले संघर्षमा उत्रिएको संघर्ष समितिका सदस्य दीपकबहादुर खड्काले जानकारी दिए । उनले भौतिक पूर्वाधारदेखि भौगोलिक दूरीका हिसाबले पनि दीपायल प्रदेश राजधानीका लागि उपयुक्त भएको तर्क गर्दै माग पूरा नभएसम्म अनिश्चितकालीन डोटी बन्द गरिएको जानकारी दिए ।

तस्बिरः झलक पाली ‘झरना’ को फेसबुकबाट

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org