ताजा समाचार

ओलीलाई प्रधानमन्त्री बन्नबाट किन रोक्दैछन् देउवा ? के विकास भएको देख्न नचाहेकै हो ?

काठमाडौं, १९ पुस । यतिबेला नेकपा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने तरखरमा छन् । भर्खरै सम्पन्न निर्वाचनबाट पहिलो दल बनेको नेकपा एमालेले भावी प्रधानमन्त्रीको रुपमा ओलीलाई अघि सारेको छ । माओवादी केन्द्रसँग चुनावी तालमेल र पार्टी एकताको तयारी रहेको एमाले ओलीलाई प्रधानमन्त्री बनाएर देश विकासमा अगाडी बढ्न चाहिरहेको छ ।

पहिलो पटक प्रधानमन्त्री बन्दा गरेका कार्यले सबैको चर्चामा आएका ओलीलाई अब जसरी भएपनि प्रधानमन्त्री बन्न नदिने षडयन्त्रमा कांग्रेस लागिपरेको नेताहरु बताउँछन् । कांग्रेसका शीर्ष नेताहरुले नै छलफल गरेर ओलीलाई प्रधानमन्त्री र वाम एकता हुन नदिने जुनसुकै तरिका पनि अपनाउने निष्कर्षमा पुगेका थिए । त्यही अनुरुप उनीहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्न अफर गरिरहेका छन् ।

उनले आफु वाम गठबन्धनको भावना विपरित नजाने बताउँदै आएपछि कांग्रेसले प्रचण्डमाथि धम्कीको भाषा प्रयोग गरिरहेको छ । यसको प्रमुख डिजाईनर हुन कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा । उनले ओलीलाई जसरी पनि सत्तामा आउन नदिन साम, दाम, दण्ड, भेद सबै उपाय अपनाईरहेका छन् ।

एमाले नेता रघुवीर महासेठले पनि देउवा सँगै विदेशी शक्ति पनि ओलीलाई प्रधानमन्त्री बन्न नदिने षड्यन्त्रमा लागेको आरोप लगाए । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महासेठले भने, ‘हाम्रो पार्टीका श्रद्धय अध्यक्ष कमरेड ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्नको लागि षड्यन्त्र भैरहेको छ, तर जनताले हामीलाई म्याण्डेट दिएका छन्, जनताको चाहना केपी ओली नै मुलुकको नेतृत्व गर्नुपर्छ भन्ने हो।’

उनले जनताको पहिलो रोजाईमा ओली नै परेको जिकिर गरे । उनले भने, ‘जनताले त ओलीकै नाममा वाम गठबन्धनलाई बहुमत दिएका हुन्, तर अहिले उहाँलाई रोक्नको लागि विभिन्न खाले षड्यन्त्रहरु सुरु भएका छन्।’

निर्वाचन सम्पन्न भएपछि मुलुक स्थिरत राजनीतिको यात्रामा अघि बढ्ला भनेर आफूहरुले सोचेको भएपनि मतपरिणाम सार्वजनिक भएसँगै चलखेल सुरु भएको उनको आरोप थियो । उनले भने, ‘देउवाले दुई चार महिना अझै सत्ता लम्ब्याउने खेल खेले, वाम गठबन्धन टुटाउन सकिन्छ कि भनेर खेल सुरु भएको छ, तर यो खेल सफल हुन दिँदैनौं।’

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org