ताजा समाचार

बिहे भोजमा कांग्रेस कार्यकर्ताले ढुंगा प्रहार गर्दा माओवादी नेता गम्भीर घाइते

बागलुङ, १९ पुस । बिहे भोजमा राजनीतिक विवाद बढेपछि ढुंगा प्रहारबाट माओवादी नेता गम्भीर घाइते भएका छन् । बागलुङको निसीखोलामा राजनीतिक कुराकानीका क्रममा विवाद हुँदा कांग्रेस कार्यकर्ताको ढुंगा प्रहारबाट माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य २६ वर्षीय कुशल बुढा मगर गम्भीर घाइते भएका हुन् ।

मदिराले मातेका निसीखोला गाउँपालिका-६ भल्कोटका कांग्रेस कार्यकर्ता अन्दाजी ३९ वर्षीय लालकुमार बुढाले हानेको ढुंगाले लाग्दा मगर गम्भीर घाइते भएका हुन्। बुढाको निधार र दाहिने हातमा गम्भीर चोट लगेको निसीखोला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेन्द्र भुजेलले जानकारी दिए।

बिहेको भोज खान गएका वेला राजनीतिक विषयमा कुराकानी गर्ने क्रममा सामान्य विवाद हुँदा लालकुमारले एक्कासि ढुंगा हानेका प्रत्यक्षदर्शी बेलबहादुर बुढाले बताए। घाइते बुढाको स्थानीय आशा मेडिकलमा उपचार भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org