ताजा समाचार

धादिङबाट युरोप लैजाने तयारीमा रहेको ९ किलो चरेशसहित १ जना पक्राउ

काठमाडौं, १९ पुस । प्रहरीले नेपालबाट तेस्रो मुलुक लैजान तयारी अवस्थामा काठमाडौं भित्रदै गरेको ९ किलोग्राम चरेशसहित एकजनालाई पक्रेको छ ।

महानगरीय प्रहरीले चन्द्रागिरी नगरपालिका नागढुंगाबाट प्रहरीले ९ किलोग्राम लागुऔषध चरेससहित धादिङ्ग बेनिघाटका ३० वर्षीय देवलाल तामाङ्गलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले धादिङ्गबाट काठमाडौं तर्फ आउँदै गरेको बा ४ ख ७३८० नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा चरेस बरामद गरिएको हो ।

प्लाष्टिकको पोका पारिएको चरेश विदेश लैजाने तयारीका साथ तामाङले ल्याएको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ । प्रहरीले तामाङ्गलाई महानगरीय प्रहरी वृत्त थानकोटमा राखि आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org