ताजा समाचार

क्रिकेटर पृथुसहित ‘डेजा भू’ का सञ्चालकलाई ३३ लाखको ठगी मुद्दा

काठमाडौं, १९ पुस । क्रिकेटर पृथु बाँस्कोटासहित १० जनाविरुद्ध ठगी मुद्दा दायर भएको छ । मंगलबार जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरिएको हो । ३३ लाख २६ हजार रुपैयाँ बिगो दाबी गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत मुद्दा दायर गरिएको हो ।

‘डेजाभु’ क्लबमा अमेरिकन डिजे मार्समेलोलाई ल्याउने भनेर टिकट बिक्रि गरी ठगी गरेको भन्दै कार्यक्रममा आयोजक र क्लबका संचालकलाई प्रहरीले ठगी मुद्दा दायर गरेको हो। डिजे मार्समेलो नआएपछि गत मंसिर २७ दरबारमार्गको डेजा भू नाइट क्लबमा तोडफोड भएको थियो।

पृथुसहित सञ्चालकहरु जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी र आयोजकहरु रितेश माडवारी र राजेश महर्जलनाई पनि मुद्दा दायर गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी बेल बहादुर पाण्डेले जानकारी दिए । पृथुसहित सात जनालाई मंसिर २८ गते प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गर्दै आएको छ।

बिक्रि भएको टिकटको प्रमाण र जाहेरीका आधारमा प्रहरीले ३३ लाखको ठगीको बिगो बनाएको हो। यद्यपी परिसरमा २ जनाले मात्र जाहेरी दिएका थिए।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org