ताजा समाचार

राजस्व अनुसन्धान विभागका कर्मचारीलार्इ शौचालयमा थुन्ने सांसदको धम्की

वीरगञ्ज, २० पुस । पर्साका नवनिर्वाचित सांसद प्रदीप यादवले राजस्व अनुसन्धान विभागका कर्मचारीलार्इ शौचालयमा थुन्ने धम्की दिएका छन्। उनले विभागका कर्मचारीले छापामार शैली अपनाएर उद्योगीरव्यवसायीलार्इ त्रसित बनाएको आरोप लगाउँदै राजस्वका कर्मचारीलार्इ शौचालयमा थुन्ने धम्की दिएका हुन् ।

‘विभागको टोली छापामार शैलीमा आउने गरेका छन् । स्थानीय प्रशासनलार्इ खबर गरेर नियमसंगत हिसाबले नआए शौचालयमा थुनेर सवक सिकाउनेछु’ रुगटा वेलफेयर सोसाइटी वीरगंजले आयोजना गरेको कार्यक्रममा यादवले भने।

संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष समेत हरेका यादवले यस्तो चेतावनी दिएका हुन् । उनी ढुवानी व्यवसायमा आवद्ध छन् । उनका ट्रकहरु विभिन्न उद्योगले भाडामा लिने गरेका छन् ।

उनले प्रमुख जिल्ला अधिकारीलार्इ खबर नगरि छापा मार्न नपाउने जिकिर समेत गरे । ‘पर्सामा पाइला राख्दा यहाका सिडियो र एसपीलाई थाहा हुनुपर्छ,’उनले भने, ‘कसैलाई थाहा हुदैन एकै दिन दर्जनौ व्यापारिक प्रतिष्ठानमा छापा मारी गरी दुख दिइन्छ र करोडौं नजरानाउ उठाइन्छ ।’

उनले वीरगंजका सबै व्यापारी तस्कर नभएको बताउँदै राजस्वको नाममा स्टिङ अपरेशन नगर्न चेतावनी दिए। चार दिन अघि विभागका अनुसन्धान अधिकृत खडानन्द अधिकारीको टोलीले वीरगंजको करिब आधा दर्जन व्यापारिक प्रतिष्ठानमा छापा मारेर अनुसन्धान गरिरहेको छ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org