ताजा समाचार

यी हुन् सिनियर मिटर रिडरको जागिर लगाइदिने भन्दै १० लाख ठग्ने वकिल साप

काठमाडौं, २० पुस । नेपाल विद्युत प्राधिकरणको सिनियर मिटर रिडर पदमा जागिर लगाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बालन गाउँपालिका घर भइ हाल कोटेश्वर बस्दै आएका ३७ वर्षीय जयप्रकाश दास र सिरहाको भगवानपुर गाउँपालिका घर भइ हाल बानेश्वरको शान्तिपनगरमा बस्दै आएका ४३ वर्षीय अशोककुमार मुखिया रहेका छन् । दास कानुन व्यवसायी समेत हुन् ।

विद्युत् प्राधिकरणले सिनियर मिटर रिडर पदमा आवेदन माग गरेकोमा आवेदकसँग उनीहरुले आफू श्रम मन्त्रालयको कर्मचारी भएको भन्दै नाम निकालिदिने र त्यसवापत उक्त रकम दिनुपर्ने बताएका थिए ।

बैंक खातामा रकम जम्मा भएपछि दुवै जना सम्पर्कबिहीन भएका थिए । अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरुलाई ठगीजन्य कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरी मुलुकी ऐन ठगी मुद्दा अन्तर्गत अनुसन्धान अघि बढाएको छ । उनीहरुले अन्य व्यक्तिसँग समेत ठगी गरेको खुलेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org