ताजा समाचार

अबको पाँच वर्षभित्रमा नयाँ शक्ति पार्टी बैकल्पिक राजनीतिक शक्ति बन्ने, के सम्भव छ ?

काठमाडौं, २० पुस । नयाँ शक्ति पार्टी नेपालले पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्ति बनाउने निर्णय गरेको छ । कास्कीको ल्वाङ होमस्टेमा तीन दिनसम्म चलेको बैठकले पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्तिका रुपमा विकास र विस्तार गर्नेलगायत १० बुँदे घोषणापत्र जारी गरेको छ।

बैठकपछि नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले पाँच बर्षभित्र पार्टी वैकल्पिक शक्ति बनाउने घोषणा गरेका छन् । साथै, अब बन्ने नयाँ सरकार तथा कांग्रेससँग मुद्दाका आधारमा सहकार्य वा आलोचना हुने बताएको छ ।

चुनावमा अपेक्षाकृत परिणाम पाउन नसकेपछि समिक्षा गर्न तीन दिनसम्म बैठक बसेको थियो । कांग्रेससँग मुद्दामा सहकार्य हुन सक्ने तर, नयाँ शक्ति पार्टीलाई अलग्गै धार र स्वतन्त्र पहिचानसहित अघि बढाउने डा. भट्टराईले बताए ।

आगामी फागुन १०, ११ र १२ गते संघीय परिषद्को बैठक बस्ने र ५ वर्षे कार्ययोजना बनाउने निर्णय भएको छ । सुरुमा पार्टी विस्तार र सुदृढिकरणमा लाग्ने र त्यसपछि समाजिक–राजनीतिक अभियान चलाउने भन्दै भट्टराईले ५ वर्षपछि हुने चुनावमा शसक्त शक्तिमा पार्टीलाई स्थापित गर्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org