ताजा समाचार

कहाँबाट आयो केपी ओलीमाथि सुरक्षा थ्रेट ? ३० सुरक्षाकर्मी परिचालन

काठमाडौं, २० पुस । भावी प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्षे केपी ओलीको सुरक्षार्थ ३० सुरक्षाकर्मी खटिएका छन् । मुलुकको ४१ औं प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीको सुरक्षार्थ नेपाल प्रहरीबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) को कमाण्डमा १० जना प्रहरी खटिएका छन् ।

त्यस्तै सशस्त्र प्रहरीबाट प्रहरी नायव निरीक्षकको कमान्डमा २० जना सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वाम गठबन्धन बहुमतले विजयी भएसँगै ओलीलाई भावि प्रधानमन्त्रीको रुपमा हेरिएकाले वर्तमान प्रधानमन्त्री सरह सुरक्षा व्यवस्था गरिएको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालले केही दिन अघिमात्र अध्यक्ष ओलीको सुरक्षाको लागि डिएसपी सानुराम भट्टराईलाई खटाएको छ । यसअघि भने अध्यक्ष ओलीका लागि प्रहरी निरीक्षक निर्मल पनेरुको कमान्डमा सुरक्षा दिँदै आएको थियो।

भावि प्रधानमन्त्रीको रुपमा हेरिएको र सुरक्षा चुनौती बढेकाले डिएसपीको कमान्डमा प्रहरी परिचालन गरिएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org