ताजा समाचार

हिन्दू शास्त्र भन्छ– यी काम गरेपछि नुहाउनैपर्छ !

काठमाडौं, २० पुस । हिन्दू धर्ममा शारीरिक तथा मानसिक र आध्यात्मिक स्वच्छतालाई महत्वका साथ हेरिन्छ । यसैक्रममा नुहाउनु पनि शारीरिक स्वच्छता हो । शास्त्रअनुसार आफ्नो जीवन चलाउन चाहने मानिसले दैनिक ३ पटक नुहाउनुपर्छ भनि शास्त्रहरुमा उल्लेख छ । नुहाउँदा धार्मिक र शारीरिक शक्तिहरुलाई बल मिल्ने शास्त्रहरुमा उल्लेख छ ।

यस्तै नुहाउँदा मांसपेशी बलियो हुने र मस्तिष्क ताजा हुन्छ । हिन्दू शास्त्रमा पूरै शरीर ननुहाएर हात–खुट्टा मात्रै धुनुलाई पनि महत्व दिइएको छ । यि काम गरिसकेपछि नुहाउनुपर्छ भनि उल्लेख छ ।

१. चाणक्यअनुसार, शवयात्रा अथवा अन्तिम संस्कारबाट फर्किएपछि घरमा प्रवेश गर्नुअघि नुहाउनु पर्छ ।

२. चाणक्यका अनुसार, संभोगपछि नुहाउनु आवश्यक छ ।

३. हप्तामा एक पटक पुरै शरिरलाई तेलले मालिस गर्न आवश्यक छ । यस्तै तेलले मालिस गरेपछि नुहाउन एकदमै जरुरी हुन्छ ।

४. कपाल काटेपछि नुहाउनुपर्छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org