यी हुन्, उपचारको नाममा राज्यकोषबाट लाखौं रकम माग्ने करोडपति भिआइपीहरु, कसले कति लिए ?
काठमाडौं, २० पुस । राज्यकोषको चरम दुरुपयोग गर्नेमा राजनीतिक दलका नेताहरु नै सबैभन्दा अगाडि आउँछन् । जनताको सेवा गर्ने भनेर राजनीतिमा होमिएका राजनीतिज्ञहरु राज्यकोषको दुरुपयोग गर्नमा यति उद्ध्त छनकी मानौ उनीहरु राज्यकोषको दुरुपयोग गर्न राजनीतिमा लागेका हुन् । सत्तामा पुगेका बेला ब्रह्मलुट मच्चाउने अनी सत्ताबाहिर रहँदा अर्काको विरोध गर्ने परिपार्टी नेपाली राजनीतिमा कुनै नौलो विषय होईन् ।
आखिर राजनीतिज्ञ भनेका सर्वहारा मानिन्छ । तर नेपालका राजनीतिज्ञ भनेका सम्पत्तिहारा जस्तै भईरहेका छन् । यसको ज्वलत उदाहरण नेताहरु सामान्य विरामी पर्दा पनि राज्यकोषबाट पैसा लगेर विदेशमा उपचार गर्न जाने परिपाटी । राज्यले भिआइपीहरुको लागि भनेर विरामी पर्दा आर्थिक सहायता प्रदान गर्ने गरेको छ ।
त्यसैको फाईदा उठाउँदै नेताहरु आफुलाई भिआइपीको विल्ला भिर्दै राज्यकोषमाथि गिद्धे नजर लगाउँदै आएका छन् । सरकारले उपचारको नाममा भिआइपीहरूलार्इ मोटो रकम उपलब्ध गराउँदै आएको छ । आम जनताले सिटामोल, र सुदुर तथा हिमालका जनताले जीवनजल समेत नपाएर मर्छन् तर नेताहरूले भने बिदेशमा उपचार गर्ने नाममा करोडौँ रकम लिने गरेका छन् ।
तपार्इँ हामीले बुझाएको कर राज्यकोषबाट सरकारले यसरी नेताहरूलार्इ बाँड्ने गरेको छ । अहिलेसम्म दर्जनौँ नेताहरूले राज्यकोषबाट करोडौँ रकम लिइसकेका छन् । सबैभन्दा धेरै नेपाली कांग्रेसका सभापति एव पूर्वप्रधानमन्त्री स्व. शुसिल कोइरालाले उपचारका लागि राज्यकोषको ढुकुटी रित्याएका छन् ।
त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि एक करोड बढी रकम उपचारका लागि लिएका छन् ्र शुसिल कोइराला, केपी ओली र तथा कांग्रेस नेतृ सुजाता कोइरालाले मात्र होइन धेरै भिआइपीहरूले राज्यकोषकाट उपचारका लागि करोडौँ रकम लिएका छन् । हेरौँ कस्ले कति रकम लियोः
१. पूर्वप्रधानमन्त्री स्व. सुशील कोइराला– १ करोड ९१ लाख ८१ हजार ३ सय ७३
२.पूर्वप्रधानमन्त्री केपी ओली– १ करोड २६ लाख ३५ हजार १ सय ३७
३.पूर्वराष्ट्रपति रामवरण यादव-६० लाख
४. पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साह– ५० लाख ३९ हजार १ सय ७
५. पूर्वपरराष्ट्रमन्त्री चक्रप्रसाद बाँस्तोला– ५० लाख
६.पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला– ५० लाख
७. माओवादी नेता नारायणकाजी श्रेष्ठ-३८ लाख
८. पूर्वसांसद स्व. रामनाथ ढकाल– ३२ लाख १८ हजार ४ सय २१
९. पूर्वगृहमन्त्री गोविन्दराज जोशी– २७ लाख ८० हजार
१०. पूर्वप्रधानमन्त्री तुलसी गिरी– २५ लाख
११. पूर्वउपसभामुख पूर्णकुमारी सुवेदी– २५ लाख
१२. कांग्रेस नेता खुमबहादुर खड्का-२० लाख
१३. पूर्वपरराष्ट्रमन्त्री स्व साहना प्रधान– १३ लाख ६४ हजार ३ सय ६५
१४. पूर्वराज्यमन्त्री महेन्द्र यादव ७ लाख ८८ हजार १ सय ६५
१५. पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द ५ लाख
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...