ताजा समाचार

बुटवलमा अज्ञात समूहद्धारा व्यवसायीमाथि गोली प्रहार, बढ्यो सुरक्षा चिन्ता

बुटवल, २१ पुस । बुटवलमा एक व्यवसायीमाथि गोली प्रहार भएको छ । रुपन्देहीको देवदह नगरपालिका भेकाबारमा अज्ञात समूहको गोली प्रहारबाट फर्निचर व्यवसायी बसन्त पौडेल बलु घाइते भएका छन् । घाइते पौडेलको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

कसले र किन गोली हान्यो भन्ने खुल्न नआएको र अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । गोली हान्ने ब्यक्तिहरु मोटरसाइकलमा आएको र गोली हानेर रोहिनी खोलातिर भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

गोली हान्नेहरुको पहिचान खुलेको छैन । बुटवलमा केही समयअघि अज्ञात समूहकै गोली प्रहारबाट युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org