वाम गठबन्धले थाल्यो यस्तो बहसः देउवाले कार्यकर्तालाई बाँडेको पैसा राज्यकोषमा फिर्ता गरिने
काठमाडौं, २२ पुस । यतिबेला काम चलाउ बनेको शेरबहादुर देउवा सरकारले करोडौं आर्थिक सहयोग बाँडिरहेको छ । आर्थिक सहायताका नाममा देउवा सरकारले आफ्ना कार्यकर्तालाई करोडौं रुपैयाँ बाँडिरहेको हो । उक्त कार्य तत्काल रोक्न भावी सरकार गठनको तयारीमा रहेको वाम गठबन्धनले पटक पटक दबाव दिईरहेको छ ।
तरपनि सरकारले विभिन्न आर्थिक नाममा कार्यकर्तामाथि करोडौं रकम वितरण गर्ने रोकेको छैन् । बाम गठबन्धनले भने अब बन्ने नयाँ सरकार मार्फत अहिले बाँडिएको आर्थिक सहायता फिर्ता गराउने तयारी थालेको छ । बाम गठबन्धन आवद्ध युवा र विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवा र काँग्रेस तथा निर्वाचन आयोगविरुद्ध सडक बहस गरेका छन् ।
एमाले निकट अनेरास्ववियु र युवासँग तथा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र वाइसीएलले नयाँबानेश्वरमा शुक्रबार संयुक्त रुपमा सडक बहस आयोजना गरेका छन् । कार्यक्रममा माओवादी केन्द्रका सचिवालय सदस्य एवं पूर्वविद्यार्थी नेता लेखनाथ न्यौपानेले जनादेशको सम्मान गरेर सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्री देउवा र काँग्रेस नेताहरुलाई आग्रह गरे ।
२०४६ सालको बहुदलपछि २२ वर्ष काँग्रेसले शासन सत्ता सञ्चालन गरेको भन्दै न्यौपानेले मुलुकलाई अहिलेको अवस्थामा पु¥याउन काँग्रेसको भूमिका रहेको आरोप लगाए । काँग्रेसले ०१५, २०४८ र २०५६ मा बहुमतको सरकार चलाएको भन्दै न्यौपानेले काँग्रेसले मुलुकको नेतृत्व गर्न नसक्ने पटकपटक सिद्ध भइसकेको उल्लेख गरे । ‘काँग्रेसले मुलुकको नेतृत्व गर्न सक्दैन’, न्यौपानेले भने, ‘काँग्रेस असफल भएकै कारण बाम गठबन्धनलाई जनताले दुई तिहाई नजिक मत दिएका छन् ।
‘जनादेशको सम्मान गरेर काँग्रेसले तत्काल सत्ता छाड्नुपर्छ ।’ एमाले केन्द्रीय सदस्य एवं पूर्वविद्यार्थी नेता खिमलाल भट्टराईले काँग्रेसको गलत रबैयाको जवाफ जनताले निर्वाचनमा दिएको बताए । उनले निर्वाचनबाट पराजित भइसक्दा पनि सत्ता नछाड्ने प्रवृत्ति नसुधार्ने हो भने काँग्रेसको मृत्यु निश्चित रहेको दाबी गरे । ‘अहिले त जेनतेन काँग्रेसले प्रत्यक्षमा २३ सिछ जितेको छ’, भट्टराईले भने, ‘यस्तै रबैया कायम रहने र नसुध्रने हो भने काँग्रेसको मृत्यु हुन्छ ।’ भट्टराईले काँग्रेसको रक्षा गर्ने भए आफ्ना सभापति शेरबहादुर देउवालाई जनादेशको सम्मान गर्दै सत्ता छाड्नका लागि दबाब दिन नेविसंघ र तरुण दललाई अपिल गरे ।
अखिल अध्यक्ष नवीना लामाले जनताको जिउधनको रक्षा गर्न नसक्ने सरकार जनमत गुमाउँदासम्म लाचारीपूर्वक सत्तामा टाँसिरहेको भन्दै कटाक्ष गरिन् । निर्माण व्यवसायी महासंघका अध्यक्षको हत्या गर्ने समूहले नै शुक्रबार पन्देहीको देवदह नगरपालिका–५ का युवासंघ कार्यकर्ता वसन्त पौडेलको गोली हानी हत्या भएको भन्दै सरकारको राजीनामा माग गरिन् । जनमत गुमाइसक्दा पनि जबर्जस्ती सत्तामा बसिरहने हो भने आफूहरुले सडकबाटै देउवा सरकार हटाइदिने चेतावनी उनले दिइन् ।
अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जनादेशको सम्मान गर्दै तत्काल सत्ता छाड्न प्रधानमन्त्री देउवालाई आग्रह गरे । उनले जनमत गुमाइसकेको र कामचलाउ सरकारले पाँच वर्षका लागि सत्ताबाहिरै बस्नुपर्ने निश्चित भएपछि सो अवधिका लागि सेटिङ मिलाउने काम गरिरहेको भन्दै आपत्ति जनाए । मुलुकको ढुकुटी रित्याएर काँग्रेस सरकारले कार्यकर्ता पोस्न जथाभावी रकम बाँडिरहेको भन्दै तामाङले त्यसको निन्दा गरे ।
उनले बाम गठबन्धनको सरकार बनेपछि काँग्रेस कार्यकर्ताबाट उक्त रकम फिर्ता राज्य कोषमा फिर्ता गरिने चेतावनी दिए । ‘हाम्रा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा मुलुकको आर्थिक वृद्धिदर ७.५ प्रतिशत पुगेको थियो, मूल्यवृद्धि ३ प्रतिशतमा स्थिर रहेको थियो’, तामाङले भने, ‘राज्यको ढुकुटीबाट काँग्रेसका कार्यकर्तार्ला बाँडिएको रकम बाम सरकार बनेपछि फिर्ता गराउँछौं ।’ उनले त्यसबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरे ।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...