ताजा समाचार

माघ १ गतेदेखि घोराही उपमहानगरमा थारु भाषा सरकारी कामकाजको भाषा

घोराही, २३ पुस । घोराही उपमहानगरपालिकाले थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएको छ । नगर कार्यपालिकाको बैठकले प्रथम नगरसभाबाट पारित गरेको नीति तथा कार्यक्रम अनुसार आगामी माघ १ गतेदेखि थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको हो ।

अब माघ १ गतेदेखि घोराही उपमहानगरपालिका र सबै वडा कार्यालयहरुमा थारु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागु हुनेछ । थारु भाषाबाट आएका निबेदनहरु दर्ता गरी कार्य सम्पादन हुनेछ भने कार्यालयहरुमा नगर प्रमुख नरुलाल चौधरीसहितका जनप्रतिनिधि र थारु समुदायका कर्मचारीहरु थारु सेवाग्राहीसँग आफ्नै भाषामा कुराकानी गर्नेछन् ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले कृषि शाखाबाट संचालित अनुदान कार्यक्रमका लागि परेका निबेदनको मूल्यांकन गरी छनौट गर्न आर्थिक समितिका संयोजक राममणि पाण्डेयको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

साथै बैठकले वडा नम्बर २ रामपुरमा रहेको स्वास्थ्य चौकीको स्तरबृद्धी गरी शहरी स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना गर्ने निर्णय गरेको नगर प्रमुखका प्रेस संयोजक निमुसंगम घर्तीले जानकारी दिए । अब उक्त शहरी स्वास्थ्य प्रर्बद्धन केन्द्रमा एमबीबीएस डाक्टरसहितको स्वास्थ्यकर्मी र ल्यावसहितको उपचार सेवा सञ्चालन हुने भएको छ ।

बैठकले राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय घोराहीले भवन निर्माणका लागि जग्गा माग गरेको हुँदा वडा नम्बर ६ को प्रावि गुरुवागाउँ कम्पाउण्ड भित्रको जग्गा वा वडा नम्बर १८ को नवलपुरमा जग्गा उपलब्ध गराउने निर्णय भएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org