ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र उत्तर प्रदेशका मुख्यमन्त्री भेट्न गाडीबाटै लखनउ प्रस्थान

काठमाडौं, २३ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ भेट्न लखनउ प्रस्थान गरेका छन् । पश्चिम नेपालको भ्रमणमा रहेका शाह आइतबार बिहान नेपालगन्ज हुँदै लखनउ प्रस्थान गरेका हुन् । पूर्वराजपरिवार जमुनाहा पुग्ने बित्तिकै भारतीय प्रहरीले स्कटिङ गरेको थियो । पूर्वराजा २७ गते नेपालगञ्ज फर्किने तालिका छ ।

गोरखनाथ पीठ प्रमुख एवं उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पूर्वराजा ज्ञानेन्द्रको भेटघाट गर्ने कार्यक्रम रहेको जनाईएको छ । पाँच दिनदेखि नेपालगञ्जमा रहेका पूर्वराजा शाह धनगढी पुगेर शिवपुरी धामको दर्शन र पूजाआजा गरेका थिए ।

उनका साथमा पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी, नाति हृदयन्द्र, नातिनी पूर्णिका छन् । पूर्वयुवराज्ञी हिमानीको गत असोजमै उत्तर प्रदेशस्थित गोरखनाथ मन्दिरको दर्शन गर्ने र मुख्यमन्त्री आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम तय थियो । तर, मुलुकमा चुनावी माहोल उत्कर्षमा पुगेका बेला हिमानीको भ्रमण रोकिएको थियो ।

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ हिन्दु धर्म र राजसंस्थाका पक्षधर हुन् । उनले नेपाल हिन्दु राष्ट्र हुनुपर्ने भन्दै लबिङ गरिरहेका छन् ।आदित्यनाथसँग सम्बन्ध राम्रो भएकाले पनि उनलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र लखनउ गएको बताइएको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org