ताजा समाचार

देउवाको चुनावी खर्च २३ लाख, सबैभन्दा बढी गोष्ठी र कार्यकर्ता परिचालनमा

डडेल्धुरा, २३ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी खर्च २३ लाख भएको छ । चुनावी खर्च विवरण निर्वाचन कार्यालय डडेल्धुरामा पेश गर्दै २३ लाख ४ हजार ५ सय रुपैयाँ खर्च भएको जनाएका छन् । चुनाव सम्पन्न भएको चार हप्ता पछि प्रधानमन्त्री देउवाले निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् ।

सबैभन्दा बढी गोष्ठीरकार्यकर्ता परिचालनमा ७ लाख ६५ हजार खर्च भएको विवरणमा उल्लेख गरिएको छ । यस्तै सवारीसाधनमा ४ लाख ५० हजार, सवारी इन्धनमा ९५ हजार, प्रचारप्रचार सामग्रीमा ९२ हजार, कार्यालय सञ्चालनमा ४ लाख ५० हजार, प्रतिनिधि परिचालनमा एक लाख ८९ हजार खर्च भएको उल्लेख गरिएको छ ।

मतदाता नामावली खरिदमा २ हजार ५०० र विविध खर्चमा एक लाख १५ हजार गरी जम्मा २३ लाख चार हजार पाँच सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका डडेल्धुराका १४ जनामध्ये ८ उम्मेदवारले मात्रै खर्च विवरण बुझाएका छन् । निर्वाचनको मतपरीणाम प्रकाशित भएको झण्डै चार साता पुग्दासमेत अझै ६ जना उम्मेदवारले खर्च विवरण बुझाउन बाँकी छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org