ताजा समाचार

४० लाख रुपैयाँ हिनामिना आरोपमा सिभिल बैंकका एक कर्मचारी

काठमाडौं, २४ पुुस । ४० लाख रुपैयाँ हिनामिनाको आरोपमा सिभिल बैंकका एक कर्मचारी पक्राउ परेका छन् । सिभिल बैंकको बौद्ध शाखाका एसटु एसिस्टेन्ट पदमा कार्यरत महेश्वर डंगोल ४० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले डंगोललाई पक्राउ गरेको हो । बैंकले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए । बैंकिङ कसुर अन्तरगत मुद्दा चलाइ उनीमाथि थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट डंगोलले इन्टरनेट बैंकिङमार्फत उक्त रकम आफ्नो खातामा जम्मा लगाएको खुलेको छ । यसअघि सीआइबीले न्यूरोडस्थित कृषि विकास बैंकमा भएको ५ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा समेत अनुसन्धान गरिरहेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org