ताजा समाचार

तीन लाख र गहनासहित श्रीमती बेपत्ता भएपछि खोज्न पत्रकार सम्मेलन

मोरङ, २४ पुस । नगदसहित श्रीमती बेपत्ता भएपछि एकजना बिच्चलीमा परेका छन् । बूढीगंगा–२ का, गिरानन्द पासवानले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले तीन लाख रुपैयाँ र गरगहना लिई पुस १५ गतेदेखि बेपत्ता भएको जानकारी गराए ।

एक १७ वर्षीय छोरा र दुई छोरी गरी तीन सन्तानकी आमा भएकी अनिता बेपत्ता भएपछि छोराछोरी बिच्चलीमा परेको उनले बताए ।

बेपत्ता भएकी श्रीमतीलाई खोजी गरिदिनका लागि प्रहरीमा जाहेरीसमेत दिएको भए पनि अहिलेसम्म फेला नपरेपछि पत्रकार सम्मेलन गर्नुपरेको उनले बताए ।

गिरानन्द पासवानअनुसार श्रीमती बेपत्ता हुनुअघि मोबाइलको कल डिटेल हेर्दा एकजनासँग ६ सय ४५ पटक फोन सम्पर्क गरेकी छन् । रासस

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org