ताजा समाचार

आम जनतालाई चाँडैं ‘सरप्राईज’ दिनेभन्दै वाम एकता गर्न यसरी लागे ओली-प्रचण्ड

काठमाडौं, २४ पुस । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी अर्को ब्रेक थ्रु गर्ने तयारी गरेका छन् । पार्टी एकता प्रक्रिया लम्बिदा विभिन्न टिकाटिप्पणी भईरहेका बेला अर्को ब्रेक थ्रु गर्ने तयारी गरेका हुन् ।

असोज १७ गते ‘अचानक’ वाम तालमेलको घोषणा गरेका ओली र प्रचण्डले अर्को झड्का दिनेगरी एकताको तयारी गरिरहेका हुन् । एकताको प्रक्रिया बारेमा बाहिर आधिकारीक जानकारीहरु आउन नसकिरहेका बेला ओली र प्रचण्डले जनतालाई अर्को सरप्राईज दिने तयारी गरेका हुन् ।

दुवै पार्टीहरु त्यसको आन्तरिक तयारीमा छन् । एमालेले स्थायी कमिटी बैठकमा छलफल गरिरहेको छ । भने माओवादी केन्द्रले पनि आन्तरिक छलफल गरिरहेको छ । पार्टी एकता बिथोल्ने प्रयास भएपछि एमाले र माओवादी केन्द्रले पार्टी एकता, संगठनात्मक स्वरुप र बैचारिक राजनीतिक विषय मिलाउन दुई दलका नेता सम्मिलित सानो कार्यदल बनाउने भएका छन् ।

दुई नेताहरुले चाँडोभन्दा चाँडो पार्टी एकतालाई मूर्त रुप दिँदै अगाडि बढ्ने मनसाय बनाईरहेका छन् । जति ढिला हुन्छ त्यतिनै समस्या झन झन थपिदैं जान्छन् भन्दै चाँडो भन्दा चाँडो एकता प्रक्रियालाई टुंगाउनेमा दुई अध्यक्षहरु लागिरहेको वाम गठबन्धनका एक नेताले बताए ।

ओली नियमित स्वास्थ्य परिक्षणको लागि बैंकक जानुभन्दा पहिल्यै एकता प्रक्रियालाई टुंग्याउनेगरी तयारी भईरहेको ति नेताले बताए । एकता हुने नदिने शक्तिहरु पनि सक्रिय भएर लागिरहेका भन्दै चाँडो टुंगो पुग्नुपर्नेमा दुई अध्यक्षहरु एकमत छन् । त्यसैको गृहकार्यमा दुई दलहरु लागेका हुन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org