ताजा समाचार

आफुलाई थाहै नदिएर डा. गोविन्द केसीलाई पक्राउ गरेको भन्दै प्रधानमन्त्री देउवा रिसाए

काठमाडौं, २५ पुस । प्रा. डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको प्रति प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुुष्टि व्यक्त गरेका छन् । आफुलाई थाहै नदिई प्रहरीले रातारात हिरासतमा राखेकोमा प्रधानमन्त्री देउवाले असन्तुष्टि जनाएका हुन् । ‘प्रधानमन्त्रीज्यूलाई थाहै नदिई डा. केसीलाई पक्राऊ गरियो,’ प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले भने, ‘डा. केसीलाई त्यसरी अपराधीलाई जस्तै गरेर पक्राउ गरिएकोमा प्रधानमन्त्रीज्यू असन्तुष्ट हुनुहुन्छ ।’

प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै परियारले भने, ‘डा केसीलाई भोलि बिहान ९ बजे अदालतमा उपस्थित हुन सर्वोच्चले भनेको अवस्थामा राति नै पक्राऊ गर्न कुनै जरुरी थिएन, बिहान ९ बजे उहाँ आफैं अदालत जान सक्नुहुन्थ्यो ।’

डा. केसीको गिरफ्तारीबारे जानकारी नभएको बताउने प्रधानमन्त्री देउवा आफैं गृहमन्त्रीसमेत हुन् । तर, डा. केसीलाई पक्राउ गर्नुअघि आइजीपी वा अरू कुनै पनि प्रहरी अधिकारीले आफूलाई जानकारीसम्म नदिएको देउवाको गुनासो छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org