ताजा समाचार

अवहेलना मुद्धामा पक्राउ परेका डा. गोविन्द केसीलाई अदालत उपस्थित गराइयो

काठमाडौं, २५ पुस । अदालतको अपहेलना आरोपमा पक्राउ परेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । उनलाई मंगलबार बिहान ९ बजेपछि अदालतमा उपस्थित गराइएको हो । डा. केसीले अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्चले सोमबार पक्राउ पूर्जी जारी गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

अदालतको आदेशलगत्तै डा. केसीलाई अनसनस्थलबाटै सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का डीन नियुक्ति प्रकरणमा अदालतको फैसलाविरुद्ध डा. केसीले दिएको अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै सर्वोच्चमा सोमबार रिट दायर भएको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org