ताजा समाचार

२०६३ सालदेखि कटौती भएको पृथ्वी जयन्तीमा भोलि सार्वजनिक बिदा

काठमाडौं, २६ पुस । सरकारले भोलि सार्वजनिक विदा दिएको छ । राष्ट्रिय एकता दिवसका अवसरमा भोलि बिहीबार सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयले एकता दिवसमा बिदा हुने जनाएको हो।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन परेकोले बिदा दिएको सरकारले जनाएको छ। विसं २०६३ देखि अघिल्लो सालसम्म यो बिदा कटौती गरिएको थियो। हिन्दू तथा राजाबादी शक्तिहरुको दबावमा सरकारले यो वर्षबाट विदा दिएको हो ।

पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सरकारले विदा दिन छोडेपनि जनस्तरबाट विभिन्न कार्यक्रम गरिदैं आएको छ । यो वर्ष भने सरकारले नै विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । लोकतन्त्रको स्थापनापछि सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन छोडेको थियो , तर नागरिकस्तरमा भने यो दिवस भव्य तरिकाले मनाईदैं आएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org