ताजा समाचार

सर्वोच्चले आफ्नै प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानविन गर्ने

काठमाडौं, २६ पुस । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रबारे छानविन गर्ने भएको छ । अदालतको अवहेलना मुद्दा लागेका डा. गोविन्द केसीले बयानका क्रममा पराजुलीको दुई वटा नागरिकता रहेको र एसएलसी पास भए नभएको विवाद भएको बताएका थिए ।

उनले इजलासमा उपस्थित भएर पनि त्यही अडान राखेपछि सर्वोच्च अदालतले पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रबारे छानविन गर्न काठमाडौं झिकाएको हो ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले बुधबार प्रधानन्यायाधीश पराजुलीका नाममा काठमाडौं जिल्ला प्रशासनबाट लिएको दुबै नागरिकताको प्रतिलिपि, न्याय परिषद्बाट उमेरबारे भएको निर्णय र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरु झिकाउन आदेश दिएको हो । साथै पराजुलीसहितको इजलासले आईओएमको डीनमा डा. शशी शर्मालाई पुनर्वहाली गर्न दिएको आदेशको मिसिल पनि झिकाउन भनिएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org