ताजा समाचार

यी हुन् नेपाल एकिकरणका सुत्रधार पृथ्वीनारायण शाहका दिव्य उपदेश

काठमाडौं, २७ पुस । आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपाल एकिकरणका सुत्रधार पृथ्वीनारायण शाहको स्मरणमा आगामी पौष २७ गते राष्ट्रिय एकता दिवस तथापृथ्वी जयन्ति मनाइन्छ । लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छोडेपनि यसवर्ष भने सरकारले सार्वजनिक बिदा दिएको छ ।

नेपाललाई अहिलेको अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका पृथ्वीनारायण शाहलाई धेरैले राष्ट्र निर्माता भनेर पुकार्छन् । उनका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यी दिव्य उपदेश पढ्दा उनी दूरदर्शी राजा हुन् भन्ने प्रष्ट हुन्छ ।

दिब्य उपदेशमा उनका हरेक वाक्यको ठूलो महत्व छ तर यहाँ हामीले १० वटा यस्ता दिब्य उपदेश प्रस्तुत गरेका छौ जुन हरेक सच्चा राष्ट्रप्रेमी नेपालीले एक पटक पढ्नैपर्ने खालका छन् । नेपाल कानुन आयोगको वेबसाइटमा राखिएका दिव्य उपदेश यस्तो छ :

१- स्रोत साधनको सदुपयोग 

पृथ्वीनारायण शाहले स्रोत साधनको सदुपयोगका लागि सुझाव दिएका छन् । उनले खानी भएको ठाउमा गाउ भए पनि गाउलाई अन्यत्र सारेर खानी चलाउनु पर्ने तथा उब्जनी योग्य जमिनमा बनेको घर भत्काएर भए पनि त्यहाँ खेतीपाती गर्नुपर्ने बताएका छन् ।

dibya11

२- अदालतको पैसा दानमा खर्चिनु 

पृथ्वीनारायण शाह धार्मिक राजा हुन् । त्यसो त एकिकरणका क्रममा उनका थुप्रै धार्मिक यात्रा अध्ययन गर्न पाइन्छ । उनले दिएको उपदेशमा पनि धर्म कर्मका कुरालाई बिशेस प्राथमिकता दिएको पाइन्छ । उनले अदालतको पैसा दरबारमा नलैजान र त्यसको सदुपयोग जोगी, सन्यासी र ब्रह्मानलाई भोजन गराउन सुझाएका छन् । यसो गरे असत्य दोष नलाग्ने उनको बुझाइ छ ।
dibya10

३- मुलुकमा अन्याय हुन् नदिनु 

पृथ्वीनारायण शाहको यो दिब्य उपदेश हरेक नेतृत्वबर्गले हेक्का राख्नुपर्ने देखिन्छ । नेतृत्वबर्गले न्याय निसाफलाई ख्याल गर्न उनले सुझाएका छन् । भ्रस्टाचारीले न्याय निसाफ बिगार्ने र यिनलाई जस्तोसुकै कारबाही गरे पनि पाप नलाग्ने उनको उपदेशमा उल्लेख छ ।
dibya9

४- सुरक्षानिकाय र जनताप्रति बफादार 

उनी सिपाही अर्थात सुरक्षाकर्मी र जनताप्रति कतिसम्म बफादार रहेछन भन्ने कुरा उनको यो उपदेशबाट प्रस्ट हुन्छ । उनले लडाईमा मरेका सिपाहीका सन्ततीलाई प्रोत्साहन गर्न बिभिन्न सुझाव दिएका छन्  ।
dibya8

५-आत्मनिर्भरको अभ्यास

पृथ्वीनारायण शाहले दिएका दिब्य उपदेशमा आत्मनिर्भरका कुराहरु पनि उल्लेख छन्  । उनले बिदेशीलाई देशमा भित्र्याउदा मुलुकलाई कंगाल बनाउन सक्ने भन्दै सुझाएका छन्  । देश भित्रै कपडा बनाउन र त्यसका लागि प्रशिक्षण दिन पनि उनले आग्रह गरेका छन् । साथै उनले त्यति बेला देश भित्रको नगद बाहिर नजाओस भनेर बिभिन्न योजनाहरु पनि बनाएका थिए । उनले जनता मोटाउनु भनेको दरबार बलियो हुनु हो भनेका छन्  ।

dibya7

६-  सबै मिलेर मुलुकको रक्षा गर्नु 

उनको यो उपदेश निकै लोकप्रिय छ  । यो उपदेशमा उनको राष्ट्रभाव मात्रै पोखिएको छैन सारा जनतालाई राष्ट्रप्रेम जगाएको छ  ।

dibya5

७- चीनसँग सम्बन्ध राख्नु भारतसँग सतर्क रहनु

नेपाल दुई ढुंगाको तरुल जस्तो रहेको भन्दै पृथ्वीनारायण शाहले दक्षिण छिमेकी सँग सतर्क रहन उहिले भनेका थिए । दक्षिणका बादशाह ‘महाचतुर’ रहेको भन्दै उनले सुरक्षा सतर्कता बढाउन सुझाएका छन्  । साथै उनले जाइ नलाग्न र जाइ लाग्नेलाई नछोड्न पनि उपदेश दिएका छन्  ।
dibya4

८- काठमाडौँको सुरक्षा 

उनले त्यति बेला राजधानी काठमाडौँलाई निकै संबेदनशील क्षेत्रका रुपमा लिएका थिए  । त्यसो त शिवपुरी, चन्द्रागिरी,फूलचोक, महादेवपोखरी, पालु, दाप्चा, काहुल्या लगायतका सिमानामा सुरक्षा ब्यबस्था कडा बनाउन भनेका छन् ।dibya3

diby

९- गुणको होइन नुनको पछि लाउनु 

पृथ्वीनारायण शाहले गुणको भन्दा पनि नुनको पछि लाग्नु पर्ने उपदेश दिएका छन् । आफ्नो सिपाहीलाई अरुले लोभलालचमा पार्लान भन्ने सतर्कताका साथ उनले सुझाब दिएका छन् जुन अझै पनि उत्तिकै सान्दर्भिक छन् ।

diby1

१०- मौलिक सास्कृतिक प्रेम  

आफ्नो देशको मौलिक सस्कृतीप्रतिको उनको क्रेज यो उपदेशबाट प्रष्ट हुन्छ । आफ्नो सस्कृतीको संरक्षण र जगेर्ना आजको आबश्यक बनेको छ ।diby2

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org